नियम ३५
निर्धारित समयमा मतगणना प्रारम्भ गर्ने
(१) निर्वाचन अधिकृतले ऐनको दफा ५० बमोजिम प्रकाशित सूचनामा तोकिएको स्थान, मिति र समयमा उपस्थित उम्मेदवार, निर्वाचन प्रतिनिधि वा मतगणना प्रतिनिधिको रोहबरमा मतगणना प्रारम्भ गर्नु पर्नेछ । तर उम्मेदवार, निर्वाचन प्रतिनिधि वा मतगणना प्रतिनिधि उपस्थित नभएको कारणबाट मतगणना प्रारम्भ गर्न बाधा पुगेको मानिने छैन । (२) निर्वाचन अधिकृतले मतगणना प्रारम्भ गरेको मुचुल्का गराई राख्नु पर्नेछ । (३) मतगणना प्रारम्भ भएकोे जानकारी निर्वाचन अधिकृतले आयोगलाई तुरुन्त दिनु पर्नेछ ।